अनिवार्य मास्क प्रयोग गर्न आग्रह

भीमदत्तनगर, २६ असार

जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा शुक्रबारदेखि सर्वसाधारणलाई अनिवार्यरुपमा मास्क लगाएर मात्रै बाहिर हिँडडुल गर्न आग्रह गरेको छ । यसका लागि कार्यालयले निगरानी समेत बढाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीको नेतृत्वमा ट्राफिक प्रहरी प्लेकार्डसहित बजार क्षेत्रमा सचेतना फैलाउँदै हिँडेका छन् ।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारको निर्देशनअनुसार सर्वसाधारणलाई मास्क लगाउन आग्रह गर्दैै हिँडेको प्रहरी निरीक्षक केसीले बताउनुभएको छ । पाँच दिनअघि गृह मन्त्रालयले विनामास्क घर बाहिर निस्कनेलाई पक्राउ गर्नसमेत प्रहरीलाई निर्देशन दिइसकेको छ ।

विनामास्क घर बाहिर हिँडे सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ । प्रहरीले विनामास्क बजार क्षेत्रमा हिँडडुल गरेको पाइए कारवाही गर्ने तयारी गरिरहेको छ । जिल्लामा पछिल्लो समय लकडाउन खुकुलो भएसँगै बजार क्षेत्रमा भीडभाड बढ्दै गइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here