अपाङ्गता परिचयपत्र वितरण

भदौ १७

दोलखाको वैतेश्वर गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ३११ अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाका सबै वडामा घुम्ती शिवर सञ्चालन गरी सबै प्रकृतिका अपाङ्गता भएका व्यक्तिको पहिचान गरी परिचयपत्र वितरण गरेको गाउँपालिका अध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिएका छन् ।

अपाङ्गता भएका व्यक्तिलाई कार्ड बनाउनका लागि गाउँपालिकासम्म धाउनका लागि गाह्रो हुने भएका कारण उनीहरुलाई सजिलै गराउन टोल–टोलमै पुगेर परिचयपत्र कार्ड वितरण गरेको अध्यक्ष आचार्यले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here