काठमाडौँ, १७ भदौ
कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य बुधबार भने छापावाला सुनको मूल्य प्रतितोला १२ सयले घटेर ९७ हजार २ सय कायम भएको छ ।
त्यस्तै, स्थानीय बजारमा तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सयमा कोरोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४ सयमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६५ तोकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उत्तारचढाव भइरहेको छ, जसको असर नेपालमा समेत परेकोे छ ।