अवरुद्ध भएको मनाङको सडक खुलेपछि मनाङको जनजीवन सहज बन्दै


–नवीन लामिछाने
मनाङ, १८ असोज
यस वर्षको वर्षायामको सुरुदेखि अवरुद्ध सडक तीन महिनापछि सञ्चालन भएपछि मनाङको जनजीवन सहज बन्दैछ । विगत तीन महिनादेखि अवरुद्ध बेसीशहर–चामे सडकखण्डको धारापानी माथिसम्म सडक पुगेपछि औपचारिकरुपमा सञ्चालनमा आएको छ ।

लामो समयदेखि सडक सञ्जालबाट टाढा रहेका मनाङवासीलाई सडक सञ्चालनमा आएपछि सहज भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । धारापानीबाट माथिल्लो पाँच किलोमिटर बाँकी सडक निर्माण भएपछि सडक पुनःसञ्चालनमा आएको हो ।

“दसैँ अगाडि सदरमुकाम चामेसम्म सडक पुनःसञ्चालमा ल्याउने लक्ष्य पूरा भएको छ, अब तलेखु–भ्राताङ भिरमा सडक बनेपछि खाङ्सार हुनेछ”, प्रजिअ लामिछानेले भन्नुभयो । भ्राताङ–पिसाङबीचमा सडकखण्ड खुलेपछि मनाङवासी र पर्यटकलाई सहज हुने उहाँले बताउनुभयो । अवरुद्ध रहेको एक्लोभट्टी र तलेखुँको सडकखण्ड छिटै खुलाउने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार उक्त सडकखण्ड सञ्चालन भएपछि मनाङ जिल्लाको सडकखण्ड लगभग पूर्णरुपमा खुल्नेछ । मनाङ सडकखण्डअन्तर्गत कार्यक्रमसहित आयोजना गर्दै खुला भएको सन्देश दिन मनाङवासीले पर्यटकलाई निम्तो दिने गरेका छन् । असार १ मा परेको अविरल वर्षापछि आएको बाढीपहिराका कारण भ्राताङ भिरमा सडक अवरुद्ध भएको थियो, ङिस्याङ गाउँपालिकाका प्रमुख कान्छा घलेले भन्नुभयो । ङिस्याङ गाउँपालिका र पेमा छिरिङ एण्ड छुन्ता गुरुङ फाउण्डेशनको आर्थिक व्यवस्थापनमा सडक निर्माण गरिएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here