आज कोजाग्रत पुर्णिमाबाट दसैँ विसर्जन


भक्तपुर, ३ कार्तिक
विजयादशमीको दिन महिषासुर दैत्यको प्रतीकका रूपमा खःमेथ (राँगो)लाई भक्तपुरको नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रह्मायनी मन्दिर लगेर बध गरी जम्मा गरिएको रगत आज यहाँ सदाझैं नवदुर्गा देवगणलाई चढाएर दसैँ विसर्जन गरिएको छ ।

खःमेयको बध गरी ब्रह्मायणी लगायतका देवीदेवतालाई चढाएर बाँकी रहेको रगत भैलकोचा (माटोको घ्याम्पो) मा जम्मा गरिएको थियो । सङ्कलित रगत आज कोजाग्रत पूर्णिमाको दिन सबै नवदुर्गा देवगणलाई चढाएपछि दसैँ विसर्जन गरिएको नवदुर्गा जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान बनमालाले जानकारी दिनुभयो ।
आज देशभर अन्तिम दिन टिकाटालो गरी विजया दशमीको विदाई हुनेछ। आजको रात धनधान्य देवी महालक्ष्मीको आराधनाका साथ रातभर जागराम बसेर विजया दशमीको विदाइ गरिने चलन रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here