एक हजार दुई सय चार नयाँ सङ्क्रमित

काठमाडौँ, ३ असोज

देशभरमा पछिल्लो २४ घण्टामा कोरोनाका एक हजार दुई सय चार जना नयाँ सङ्क्रमित थपिएका छन् ।

आज थपिएका सँगै कुल सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको संख्या १७ हजार १२९ रहेको बताउनुभयो ।

आज विभिन्न जिल्लामा गरी एक हजार ४४७ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ४५ हजार दुई सय ६७ छ ।

हाल निको हुने प्रतिशत ७२ रहेको छ । पछिल्लो समय दश हजार तीन सय ३३ को परीक्षण गरिएको थियो योसँगै हालसम्म नौँ लाख चार हजार सात सय छ नमूना परीक्षण भइसकेको छ ।

सङ्क्रमित मध्ये संस्थागत आइसोलेशनमा नौ हजार १५३ जना र होम आइसोलेशनमा नौ हजार ९७६ जना रहेको मन्त्रालयले जानकारी गराएको छ ।

त्यस्तै क्वारेन्टिनमा रहनेको सङ्ख्या सात हजार सात सय ३५ रहेको छ । देशभर १७९ सङ्क्रमित सघन उपचारकक्षमा छन् । ३५ जना सङ्क्रमित भेण्टिलेटरमा उपचार गराइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here