क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु

परासी, १४ असार

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आईतबार बिहान मृत्यु भएको हो । उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए ।

उच्च रक्तचाप र प्यारालाइसिस्का पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको र उपचारका क्रममा ती पुरुषको मृत्यु भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले मृतक पुरुषमा कोरोना भाइरस सङ्क्रमण भए÷नभएको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने बताउनुभयो । रामपुर नगरपालिका–४ सदावर्तमा करिव ५५ वर्षीय पुरुष मृतअवस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । कार्यालय प्रहरी निरीक्षक भीमबहादुर कार्कीको नेतृत्वको टोलीले सो घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here