खोपसँगै पर्यटनमा बढ्दो उत्साह


– सिबी अधिकारी
काठमाडौँ, ३ कार्तिक
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको सय दिन पुगेसँगै नयाँ आशा र उमंगका साथ दायित्व बहन गरेका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले सरकारको नेतृत्व सम्हाल्नुभएपछि यो अवधि आशाभरोसासहित उपलब्धिमूलक बनेको छ ।

पछिल्लो समयमा विकसित राजनीतिक सङ्कट तथा कोभिड–१९ को महामारीबाट मुलुक गुज्रिरहेका बेला बाध्यात्मक परिस्थितिमा प्रधानमन्त्री देउवाले सरकारको नेतृत्व सम्हाल्नुभएको थियो । यो अवस्थामा कोभिड विरुद्धको खोपको उपलब्धतामा सरकार पूर्ण सफल भएको छ । दैनिक तीन लाखसम्मलाई खोप लगाउने वातावरण बनेको छ । भारत, चीन, जापान, अमेरिकालगायत मुलुकबाट खोप ल्याउने क्रम चलिरहेको छ ।

सरकारको सय दिनको अवधिमा मुलुकको पर्यटन क्षेत्रले सकारात्मक फड्को मारेको छ । दसैँको आगमनसँगै आन्तरिक पर्यटकको चहलपहलले पर्यटन क्षेत्रमा आशा जगाएको छ । त्यस्तै बाह्य पर्यटक आगमन सङ्ख्या पनि अघिल्लो महिनाको तुलनामा झण्डै दोब्बरले बढेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२१ को अगष्टमा पाँच हजार ९१७ विदेशी पर्यटक नेपाल आएकामा यो सङ्ख्या सेप्टेम्बरमा बढेर नौ हाजर ८९८ पुगेको छ ।

यस वर्षको सेप्टेम्बर महिनासम्म ७६ हजार ८६४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका काम कारबाही प्रभावकारी रुपमा अघि बढेका छन् । पर्यटनमन्त्रीको आगमनसँगै मन्त्रालय मातहत रहेका कतिपय निकायको समस्या सुधारोन्मुख देखिएको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० लाई सुदृढ र प्रभावकारी बनाउने योजना अनुरुप पर्यटनमन्त्री आलेले निगम सुधारका लागि प्रयास थाल्नुभएको छ । असोज २२ गते नियुक्त हुनुभएका पर्यटनमन्त्री आलेले निगमभित्र विगत १०४ दिनदेखि जारी कर्मचारी ड्रेड युनियनको आन्दोलन स्थगित गराएर समस्या समाधानका लागि पहलकदमी लिनुभएको छ । यसले सकारात्मक सन्देश गएको छ ।

निगमलाई निजीकरण गर्न लागिएको भन्दै कर्मचारीले लामोसमय आन्दोलन गर्दा संस्थाका सम्पूर्ण काम कारबाही प्रभावित भएको थियो । निगमका महाप्रबन्धक १०२ दिनदेखि कार्यालय पुग्न सक्नुभएको थिएन । अहिले सहज वातावरण सिर्जना भएको छ ।

निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालनका लागि काम भइरहेको छ भने पोखरा क्षेत्रीय अन्तरर्राष्ट्रिय विमानस्थलको कामलाई पनि प्रभावकारी बनाइएको छ । हालै प्रधानमन्त्री देउवाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन गरी काम प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिँदै सरकारले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यी दुबै विमानस्थल राष्ट्रिय गौरवको आयोजना हुन्।

यस्तै पर्यटनमन्त्री आलेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन गरी सेवालाई सुदृढ र प्रभावकारी बनाउन विभागीय प्रमुखलाई निर्देशन दिनुभएको थियो । निगम र विमानस्थलभित्रका विकृतिलाई अन्त्य गरी उदाहरणीय काम गर्न उहाँले आग्रहसमेत गर्नुभएको थियो ।

सरकारको प्रयास तथा अन्तरराष्ट्रिय रुपमा पनि नेपालको पर्यटनका लागि सहज वातावरण बन्दै गएको छ । कोभिड–१९ महामारीका कारण नेपाललाई अन्तरराष्ट्रिय यात्रा प्रतिबन्ध ‘रेडलिष्ट’मा राखेको बेलायत सरकारले हालै उक्त प्रतिबन्ध फुकुवा गरेको छ ।

यही अक्टोबर ११ देखि लागू हुनेगरी बेलायत सरकारले नेपाललगायत ५४ मुलुकलाई रेड लिष्टको सूचीबाट हटाएको हो । नेपाल बेलायतका लागि पर्यटनको प्रमुख गन्तव्य मुलुक हो । पहिलो भारत, दोस्रो चीन, तेस्रो अमेरिका तथा चौथोमा कहिले श्रीलङ्का कहिले बेलायत पर्ने गरेको छ । आगामी नोभेम्बर पहिलो साता लन्डनमा हुने पर्यटन क्षेत्रको कुम्भमेला वल्र्ड ट्राभल मार्ट ९डब्लूटिएम० मा नेपाल पनि सहभागी हुन पाउने भएको छ । यसपटक नेपाल पर्यटन बोर्डसहित १० निजी कम्पनीले सहभागिता जनाउने बोर्डले जनाएको छ । दुई वर्षपछि पर्यटन गतिविधिमा नेपाल बेलायतमा सहभागी हुन लागेको हो । सन् २०२० मा महामारीका कारण नेपाल मेलामा सहभागी भएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here