गाउँको मुहार फेरिन थाल्यो

बाजुरा ३ माघ
जिल्लाको गौमुल गाउँपालिकाका जनप्रतिनिधिले पछिल्लो समय जनताको घरदैलोमा व्यतित गर्न थाल्नुभएको छ । गाउँपालिकाले गरेका कामको सन्तुष्टि वा असन्तृष्टि बुझ्न दैलो–दैलोमा पुग्ने गरेको अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिनुभएको छ । ‘जनतासंग जनप्रतिनिधि भेट’ कार्यक्रम लिएर जनताको गुनासा सुन्न घरदैलो गरिएको अध्यक्ष रोकायाले बताउनुभएको छ । गाउँपालिकाले आगामी दिनमा गर्नुपर्ने काम र सुझाव समेत संकलन गरिएको छ । घरदैलोले आगामी दिनमा गर्नुपर्ने कामलाई सहयोग गर्छ उपाध्यक्ष सीता थापाले भन्नुभएको छ । सोही वडाकी ६७ वर्षीया झुमा सार्कीले गाउँपालिकाका कामप्रति आफू सन्तुष्टि रहेको जनाउनुभएको छ । गाउँपालिका मदिरा व्यवस्थापन गरेपछि मदिरा खाने ह्वात्तै घट्नुका साथै सुन्दर समाजको निर्माण हुँदै गएको स्थानीय मैना विकले बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here