छायो रौनक तीज पर्वको


–नारायणी रजौरे
दाङ, २३ भदौ ९
नेपाली महिलाको महान पर्व ‘तीज’को रौनक यतिबेला बस्तीमा छाएको छ ।

कोभिड–१९ सङ्क्रमणलाई बिर्सँदै उनीहरू तीज पर्वमा रमाएका छन् । यहाँका बजारमा सामान किनमेल गर्नेको चहलपहल बढेको छ । विगतका वर्षमा तीज आउन अगावै छोरीचेली यस पर्वका लागि किनमेलमा व्यस्त हुन्थे । कोरोना महामारीका कारण विगतका वर्ष जस्तो नभएपनि यसपटक किनमेलका लागि एक हप्तायता यहाँका बजारमा भीडभाड बढेको देखिन्छ ।

अहिले दाङका विभिन्न बजारमा विशेष गरेर कपडा, चुरापोते, गरगहनादेखि खाद्यान्नजस्ता सामान किन्न आउने दिदीबहिनीको सङ्ख्या बढ्न थालेको यहाँका व्यापारी बताउँछन् । उनीहरु सुरक्षा मापदण्डपालना गरेर आउने गरेको र आपूmले पनि सोही मापदण्डपालना गरेर सामान बिक्री गर्ने गरेको तुलसीपुरका किराना व्यापारी अमनउल्लाह अन्सारीले बताउनुभयो ।

लामो समयदेखि तुलसीपुरको वीरेन्द्र चोकमा किराना पसल गर्दै आउनुभएका अन्सारीले यसपटक पहिला जस्तो व्यापार नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ,“विगतका वर्षमा बिहानैदेखि समान बिक्री गर्न भ्याइनभ्याई हुन्थ्यो, तर अहिले कोरोनाले गर्दा त्यस्तो छैन्, एक हप्तायता मात्र बजारमा समान किन्न आउनेको चहलपहल बढेको छ ।”

तीज पर्व नजिकिँदै गर्दा विभिन्न सङ्घ संस्थामा आवद्ध रहेकाले दर खाने कार्यकम राखेर तीज मनाउन थालेका छन् । गत शनिबार पत्रकार महासङघ महिला विभाग दाङले चाडपर्व संरक्षणमा मिडियाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरी जिल्लामा छरिएर रहेका पत्रकार महिलालाई एकै ठाउँमा भेटघाट तथा तीज पर्वका सकारात्मक कुरा मिडियामा समावेश गर्नाले समाजमा सकारात्मक सन्देश जाने निष्कर्ष निकालेका थिए ।

–––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here