डा. गोविन्द केसीको १७ औं आमरन अनसन

काठमाडौं,२० कार्तिक

चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राध्यापक डा. गोविन्द केसीले ७ बुँदे माग राख्दै आमरण अनसन शुरु गर्नुभएको छ । सोमबारदेखि डडेल्धुरामा बसेको यो अनसन डाक्टर केसीको १७ औं अनसन हो ।

जिल्लाको अमरगढी ५ डडेल्धुरा अस्पताल जानेबाटोमा रहेको मेडिकल सञ्चालक निलकण्ठ भट्टको घरमा उहाँले सोमबार साँझबाट अनसन शुरु गर्नुभएको थियो ।

अनसन शुरु गर्दै उहाँले वर्तमान दुई तिहाइको सरकारले माग पुरा नगरेसम्म आफ्नो अनसन जारी राख्ने बताउनुभयो । डा.केसीले यसपटक पनि विगतमा सरकारले आफुसंग गरेको सम्झौँताको कार्यान्वयनलाई मुख्य जोड दिनुभएको छ । त्यसबाहेक केही राजनीति विषय जस्ता देखिने मुद्धा समेत आफ्ना मागमा समावेश गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here