नवरतका साथमा दिनेश अधिकारी

काठमाडौँ, ५ असोज ।

कवि तथा गीतकार दिनेश अधिकारीको नविनतम साङ्गीतिक एल्बम ‘अनवरत’ सार्वजनिक भएको छ ।गीतकार किरण खरेल, गायक प्रेमध्वज प्रधान, सङ्गीतकाद्वय दीपक जंङ्गम र शक्ति बल्लभसमेतले सार्वजनिक गरेको उक्त एल्बम विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको छ।

सात गीत रहेको उक्त एल्बममा रहेका सबै गीतमा सङ्गीतकार राजकुमार बगरको सङ्गीत छ । गीतकार अधिकारीको ‘अनवरत’ १४ औँ एकल साङ्गीतिक एल्बम हो ।नयाँ पुस्ताका गायिकाको बाहुल्यता रहेको एल्बम अनवरतमा रामकृष्ण ढकाल, रामचन्द्र काफ्ले, निशा देशार, राज सिग्देल, प्रवीण अधिकारी, श्रेयसी चेमजोङ, सिडी विजय र प्रताप दासको स्वरहरु रहेका छन् ।

एल्बम सार्वजनिकीकरण कार्यक्रममा गायक प्रधान, गीतकार खरेल, गीतकार अधिकारी र सङ्गीतकार बगरले सिर्जनाका विविध पक्षबारे जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here