न्याय सम्पादनमा समस्या

भदौ २४ ।

स्थानीय तहहरूमा उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समितिमा परेका मुद्दाको न्याय सम्पादनमा समस्या भएको छ । कानूनले स्थानीय तहका उपप्रमुख र उपाध्यक्षलाई न्याय सम्पादनको अधिकार दिएको भए पनि ऐन कानूनको ज्ञान नहुँदा तथा भौतिक संरचना अभावमा कार्यसम्पादन असहज भएको उपप्रमुखहरुको भनाइ छ ।

ऐन, नियम, कानून, निर्देशिका र न्याय सम्पादनबारे तालीम आवश्यक भएको स्थानीय तहका उपप्रमुख बताउँछन् । कैलालीको गौरीगङ्गा नगरपालिकाका उपप्रमुख अञ्चला चौधरी जनताले न्यायिक समितिलाई विश्वास गर्न थालेको बताएका छन् ।

जनताको विश्वासका कारण मुद्दाको चाप बढिरहेको भए पनि मुद्दाअनुसार छानबिन, अनुसन्धान, न्याय सम्पादन, फैसला र कार्यान्वयनमा कानूनी सल्लाहकार नहुँदा समस्या हुने गरेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here