काठमाडौँ, १४ साउन । प्रमाणको अभावमा ब्राजिलका फुटबलर नेइमारको केस खारेज गरिएको प्रहरीले जनाएको छ । साओ पाउलो अटर्नी जनरलको कार्यालयका अनुसार केसको प्रमाणको अभावले स्थगित गरिए पनि अन्तिम निर्णयका लागि अभियोगकर्ताहरुलाई पठाइनेछ।
ब्राजिलियन मोडेल नाजिला त्रिनाडेले मेमा फ्रान्सको पेरिसको एउटा होटेलमा फुटबलरले उनलाई हमला गरे पछि अनुसन्धान खुलेको थियो।
नेमारले ती आरोपहरू अस्वीकार गर्दै आएका थिए।
नेमारका प्रवक्ताले एएफपीलाई बताएअनुसार उनी पुलिसको निर्णयमा टिप्पणी गर्न सक्षम छैनन्। बीबिसीबाट