बजेट सटिक र सान्दर्भिक : सांसद

काठमाडौँ, १८ जेठ

राष्ट्रियसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल शुरु भएको छ । आईतबारको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । छलफलमा सत्तारुढ सांसदले अहिलेको आवश्यकतालाई प्राथमिकता दिएर बजेट आएको बताउनुभयो ।

यसैगरी प्रतिपक्षी दलका सांसदले बजेटले प्राथमिकता र आवश्यकताका विषयलाई समेट्न नसकेको टिप्पणी गर्नुभयो । यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडाले आगामी आव २०७७÷७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गर्नुभएको थियो ।

भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरी सरकारले ल्याइएको बजेट सटिक र सान्दर्भिक रहेको बताउनुभएको छ । उहाँले कोभिड–१९ पछिको अर्थतन्त्रलाई गतिशील बनाउने गरी बजेटले अहिलेको असामान्य परिस्थितको सम्बोधन गरेको बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा ३२ प्रतिशत बजेट बृद्धि गरी स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनजस्ता कामलाई प्राथमिकता दिनु निकै सकारात्मक भएको उहाँले उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here