बसको ठक्करबाट एकको मृत्यु

गौशाला ,३ भदौ बिपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास सिन्धुली सडकखण्डम बसले ठक्कँर दिँदा आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।म्ृत्यु हुनेमा बर्दिवास नगरपालिका ३ बस्ने ३५ वर्षीय नेत्रबहादुर स्माइली मगर रहेको जिल्ला प्रहरी कार्यलय महोत्तरी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । सिन्धुलीबाट मोटरसाइकलमा दुईजना सवार भई बर्दिवासतर्फ आउदै गर्दा बर्दिवासबाट जाँदै गरेको ना ३ ख ९९९९ नं को बसले कालापानीमा मोटरसाइकललाई ठक्कँर दिँदा चालक स्माइलीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।मेटरसाइकल पछाडि बसेका सिन्धुली कमलामाई नगरपालिका ११ का इन्द्र आले मगर गम्भीर घाइते भएका छन् । उनको बर्दिबास जनसेवा अस्पतालमा प्राथमिक उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here