मच्छिन्द्र लिगको शीर्ष स्थानमा

काठमाडौँ, १४ पुस

शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत चौथो चरणको पहिलो खेलमा मच्छिन्द्र क्लब न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेलमैदानमा सोमबार भएको खेलमा मच्छिन्द्र एनआरटीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । मच्छिन्द्रको जीतमा विदेशी खेलाडी एडिलाजा सोमिडेले निर्णायक गोल गरे । खेलाडी सोमिडेले खेलको ९०औँ मिनेटमा विजय धिमालको पासमा हेड गोल गरेका थिए । मच्छिन्द्रले चार खेलमा ९ अंक जोडेको छ । समान ९ अंक नै जोडेको मनाङ मस्र्याङ्दी क्लब गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here