माल्दिभ्सका १८ नागरिक बोकेर उड्यो नेपाल एयरलाइन्स

काठमाडौँ, ७ वैशाख 

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले माल्दिभ्सका १८ नागरिक बोकेर बङ्गलादेशको राजधानी ढाका उडेको छ । निगमको न्यारोबढी ए ३२० जहाजले आईतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाकाका लागि उडान भरेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो ।

लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई माल्दिभ्सले निगमको जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको हो । ढाका पुगेर निगमको जहाज आईतबार नैै स्वदेश फर्कनेछ । ढाकाबाट ती १८ माल्दिभ्सका नागरिक अर्काे जहाजमार्फत गन्तव्यमा पुग्ने जनाइएको छ । वाइड बडी ए–३३० दुई र न्यारोबडी ए–३२० दुई थान जहाजबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here