मिचिएको भूमि फिर्ताका लागि पहल गर्न माग

काठमाडौँ, ३० वैशाख

प्रतिनिधिसभा बैठकमा सांसदहरुले भारतले नेपालको भूमि मिचेर लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण गरेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै फिर्ताका लागि दीर्घकालीन पहल गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठकको मंगलबारको शून्य समयमा सांसदहरुले मिचिएको नेपाली भूमि फिर्ता ल्याउन र भारतसँगको सीमा समस्याको दीर्घकालीन समाधानका लागि उच्चस्तरमा कूटनीतिक पहल गर्न माग गर्नुभयो ।

बैठकमा सांसदहरु बालकृष्ण खाँण, दिव्यमणि राजभण्डारी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, धर्मशिला चापागाईं, थममाया थापालगायतले भारतले नेपालको सिमाना मिचेर सडक निर्माण गरेको सम्बन्धमा फिर्ताका लागि पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी सांसदहरु प्रकाशमान सिंह, टेकबहादुर बस्नेतले कोरोनाका कारण मजदुर र निम्न वर्गका समुदाय बढी समस्यामा परेको बताउँदै समस्यामा परेकालाई उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरु डा. डिला सङ्ग्रौला, तेजुलाल चौधरी, दीपकप्रसाद भट्टले कोरोनाले विदेशमा निधन भएका नेपालीको शव ल्याउन र कोरोनाका कारण भारतलगायत अन्य देशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि सरकारसँग आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here