मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

पोखरा, ३ माघ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा बुधबार भएको दुर्घटनामा निधन हुनुभएका प्रहरीप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । माघेसंक्रान्ति मेलाको सुरक्षामा खटिएर फर्कदै गरेको बा १ ग २८११ नम्बरको भ्यान सो स्थानमा दुर्घटना हुँदा प्रहरी जवान सन्दीप केसीको निधन हनुका साथै अन्य ३० जना प्रहरी घाइते भएका थिए ।

मुख्यमन्त्री गुरुङले बिहीबार जारी गर्नुभएको शोकवक्तव्यमा गाडी दुर्घटनामा परी प्रहरी जवान केसीको निधन र अन्य प्रहरी घाइते भएको खबरले आफूलाई दुःखित बनाएको उल्लेख गर्नुभएको छ । मृतक प्रहरी जवानको परिवारप्रति समवेदना व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले घाइते प्रहरीको शीघ्रस्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । घाइतेको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here