राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक खेलाडीलाई सम्मान

गलेश्वर, १४ कार्तिक

म्याग्दीमा जन्मिएर ५० वर्ष नाघेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता खेलाडीलाई म्याग्दीको आकर्षक पर्यटकीय गन्तव्य टोड्केमा भव्य सम्मान गरिने भएको छ ।
विभिन्न खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेताको सम्मान गर्ने उद्देश्यले टोड्के रिर्सोट प्रालिले आगामी शनिबार भव्य समारोहका बीच सम्मान गर्ने कार्यक्रम रहेको प्रालिका निर्देशक भीम शेरचनले बताउनुभएको छ ।

खेलकूद क्षेत्रमा योगदान पुर्याउनुभएका खेलाडीलाई सम्मान गरिने उहाँहरुको नाम सङ्कलन भई रहेको शेरचनले बताउनुभएको छ । जिल्ला खेलकूद विकास समितिलाई खेलाडीको नाम उपलब्ध गराउन पत्रचार गरिएको बताउँदै खेलाडीले समेत आफ्नो प्रमाणसहितको विवरण उपलब्ध गराउन सक्ने आयोजकले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष र नेपाल ओलम्पिक कमिटीका उपमहासचिव पिताम्बर तिमिल्सिना, हेन्डबल एशोसिएसनका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरूङलगायत खेलकूद क्षेत्रमा विशिष्ट व्यक्तिहरुको उपस्थिति हुने भएको छ ।

आगामी कार्तिक १४ देखि १६ सम्म हुने कार्यक्रममा हेन्डबलको सो म्याचसमेत आयोजना गरिनेछ । हेन्डबलको परीक्षणसमेत हुने भएकाले मापदण्ड र उपयुक्त भएमा भविष्यमा प्रतियोगिता नै आयोजनासमेत हुनसक्ने टोड्के रिर्सोट प्रालिका अध्यक्ष मीनबहादुर पाइजाले बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here