वन मौरीको टोकाइबाट मृत्यु

तनहुँ, २१ पुस
चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएको छ । घरमै बसिरहनुभएकी थरुनीलाई वन मौरीको हुल आएर टोक्दा गम्भीर घाइते हुनुभएको थियो । थरुनीलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो । थरुनीको उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिनुभएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here