विद्युत चोरी गर्ने ४७ उपभोक्ता कारबाहीमा

तुलसीपुर, २३ असोज ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जिल्लाका विभिन्न स्थानमा विद्युत चोरी गर्ने ४७ उपभोक्तालाई कारबाही गरेको छ ।

गत आर्थिक वर्षमा विद्युत् चोरी गर्ने ४७ उपभोक्तालाई कारबाही गरी रु चार लाख ९२ हजार ४१२ राजस्व संकलन गरेको केन्द्रका प्रमुख दीपकजङ्ग चौधरीले बताएका छन् ।

विद्युत् चुहावट नियन्त्रणलाई कडाइ गर्न प्राधिकरणले दैनिक विशेष र छडके अनुगमन टोली खटाउँदै आएको छ । विद्युत् चोरी गर्न प्रयोग गरेको सामग्रीसहित नियन्त्रणमा लिई कारबाही गर्ने गरेको चौधरीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here