विश्व बरियतामा प्रिन्सको छलाङ

काठमाडौँ, २९ पुस
नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मार्नुभएको छ । विश्व ब्याडमिन्टन महासंघले मंगलबार सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११औँ स्थानमा उक्लिनुभएको छ । एकसाता अघि प्रिन्स विश्व बरियतामा १४औँ स्थानमा हुनुहुन्थ्यो । विश्व ब्याडमिन्टन महासंघले प्रत्येक साता सिनियरतर्फ तथा यु–१९ जुनियर खेलाडीको बरियता निर्धारण गर्नेगर्छ । प्रिन्सले प्राप्त गर्नुभएको बरियता हालसम्म ब्याडमिन्टनमा नेपाली खेलाडीले हासिल गरेको उत्कृष्ट नतिजा हो । हालै सम्पन्न प्रेसिडेण्ट कप इन्टरनेशनल प्रतियोगितामा प्रिन्स यु–१९ को फाइनलमा भारतीय खेलाडी मिराव लुवाङसँग १६–२१, २३–२१ र १५–२१ अंकले पराजित हुनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here