सबै हब अस्पताल पूर्ण क्षमतामा सञ्चालन हुने

काठमाडौँ, १७ जेठ

सरकारले कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेसँगै सबै हब अस्पताललाई पूर्ण क्षमतामा सञ्चालित हुन निर्देश गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ती हब अस्पतालका प्रमुखलाई शुक्रबार मन्त्रालयमा बोलाएर कुनै गुनासो नआउने गरी पूर्ण क्षमतामा सञ्चालित हुन निर्देशन दिनुभएको हो ।

सूचना प्रणाली बलियो बनाउन र एकअर्कामा सहकार्यको भावना विकास गर्न आवश्यकता रहेको भन्दै मन्त्री ढकालले स्याटेलाइट अस्पतालले हब र हब अस्पतालले मन्त्रालयलाई नियमित रिपोर्टिङ गर्ने गरी काम गर्न पनि निर्देशन दिनुभयो । मन्त्री ढकालले नीति, निर्देशिका, कार्यविधिमा कुनै पनि समस्या आए तुरून्त परिवर्तन गर्न सकिने भन्दै हरेक समस्याको विकल्पसहितको समाधान खोजिनुपर्ने बताउनुभयो ।

कुनै पनि अस्पतालाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिने भन्दै मन्त्री ढकालले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मन्त्री ढकालले मानवस्रोतको परिचालनसम्बन्धी स्पष्ट योजना बनाउन र बिरामी बढ्दै जाँदा श्ययाको व्यवस्थापनका बारेमा पूर्वतयारी गरेर कार्यान्वयनमा जान निर्देशन पनि दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here