सात दिनदेखि अन्धकारमा ढोरपाटनवासी

गलकोट, २४ भदौ 

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते राति भुजीखोलामा आएको बाढीका कारण ठूलो जनधनमा क्षति पुगेको छ ।

बाढीका कारण मानवीय मात्रै नभई ठूलो मात्रामा भौतिक क्षति भएको छ । हालसम्म १९ जनाको मृत्यु भइसकेको छ भने त्यत्तिकै अझ बेपत्ता छन् ।

बाढीले ८० घर पूर्ण र ७१ घरसहित १७१ भौतिक संरचनामा क्षति पुगेको छ । बाढीका कारण भुजीखोला छेउमा रहेका ११ जलविद्युत अवरुद्ध छन् ।

कुनैमा आंशिक क्षति पुर्याएको छ भने केही जलविद्युतगृह पूर्ण रुपमा बाढीले बगाएको छ । आफ्नो घरबार गुमाएका बाढीपीडित सात दिनदेखि अन्धकारमा रात काट्न बाध्य छन् ।

जिल्लामा जम्मा ५५ प्रतिशत केन्द्रीय विद्युतीकरण पुगे पनि विकटमा लघुजलविद्युत आयोजना सञ्चालनमा छन् ।

खोला किनारमा रहेका जलविद्युतगृहमा भुजीखोलाको बाढीले क्षति पु¥याएको छ । अवरुद्ध एक जलविद्युत् आयोजनाको मर्मतपछि सञ्चालनमा ल्याइएको स्थानीयवासी विजय कायतले जानकारी दिनुभयो ।

अहिले ढोरपाटनको बोबाङ गाउँबाहेक अन्य अन्धकार भएको ढोरपाटन नगरपालिका–९का वडाध्यक्ष हरिबहादुर घर्तीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here