सुनको मुल्य पुन बृद्धि, आज प्रतितोला कति ?

काठमाडौँ, ८ साउन 

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ६५ निर्धारण गरेको छ ।

एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५६० तोकिएको थियो । यस्तै चाँदीको मूल्यपनि प्रतितोला रु १० ले वृद्धि भएर एक हजार १४५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here