सैनिकमञ्च टुँडिखेलमा फूलपातीको परम्परागत बढाइँ : राष्ट्रपति सरिक हुने


काठमाडौँ, २५ असोज
नेपाली सेनाले परम्परागतरूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मङ्गलबार फूलपाती बढाइँ गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनुहुनेछ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

सो अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्नेछ । सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत हुनेछ । त्यसअवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ हुुनेछ ।
विजया दशमीको सातौं दिनमा मनाइने फुलपातीको विशेष महत्व रहेको छ। यस दिन नौ थरीका फूल र पाती देवीका प्रतिकको रुपमा हिन्दू धर्मावलम्बिका घरघरमा भित्र्याउने चलन रहेको छ। यसका कारण पविारमा सुख, शान्ति, सुस्वास्थ्य तथा धनलाभ हुने मान्यता रहेको छ। यस अवसरमा वसन्तपुरको दशैं घरमा जमलबाट फूलपाती भित्र्याउने श्री ५ पृथ्वी नारायण शाहका पाला देखि चल्दै आएको छ।
यस पटक कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम आयोजना गरिन लागेको हो । समारोहमा उपस्थित सबै पाहुनालाई मास्कको प्रयोग अनिवार्य गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here