स्थापना दिवसका अवसरमा कविता प्रतियोगिता

पोखरा, ५ माघ
गुरुङ साहित्यिक मञ्च नेपालले आगामी चैत २१ गते मञ्चको तेस्रो स्थापना दिवसका अवसरमा कविता प्रतियोगिता गर्ने भएको छ । मञ्चको पोखरामा सम्पन्न बैठकले कविता प्रतियोगितासहित साहित्यिक प्रशिक्षण कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउने निर्णय गरेको मञ्चका अध्यक्ष गौरी तमूले जानकारी दिनुभएको छ । बैठकले कविता प्रतियोगिता सम्पन्न गर्न कवि चन्द्र गुरुङको संयोजकत्वमा मञ्चका प्रमुख सल्लाहकार एकेन्द्र गुरुङ र मञ्चकी अध्यक्ष तमू रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ । मञ्चका सल्लाहकार योगेश गुरुङद्धारा स्थापित अक्षयकोषबाट पुरस्कार वितरण गर्ने गरी यस वर्षदेखि मञ्चले कविता प्रतियोगिता आयोजना गर्न लागेको र प्रतियोगितामा भाग लिनेले इन्टरनेटको माध्यमबाट आफूले रचना गरेको कविता आयोजकलाई पठाउन सकिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here