अन्तराष्ट्रिय विमानस्थल पाँच घण्टा प्रभावित हुने

काठमाडौँ, २५ असोज ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अतराष्ट्रिय विमानस्थलको उडान र अवतरण करीब पाँच घण्टा प्रभावित हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले आज एक नोटिस टु एयरमेन जारी गर्दै राष्ट्रपति सीको आगमन र बिदाइको समयमा विमानस्थल प्रभावित हुने जनाएको हो । विमानस्थलका अनुसार आज साढे दुई घण्टा र आइतबार साढे दुई घण्टा गरी जम्मा पाँच घण्टा विमानस्थलको उडान प्रभावित हुनेछ ।

शनिबार दिउँसो २ बजेर ५५ मिनेटदेखि साँझ ५ बजेर २५ मिनेटसम्म तथा आइतबार बिहान ११ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ५० मिनेटसम्मका लागि नोटम जारी गरिएको छ । सो अवधिमा आन्तरिक र अन्तर्रा्ष्ट्रिय दुवैतर्फका उडान प्रभावित हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here