अन्तर्राष्ट्रिय मुुद्रा कोषको निर्वाचनमा स्पेनी अर्थमन्त्रीले पुनः प्रतिस्पर्धा नगर्ने

स्पेन, १७ साउन । स्पेनका अर्थमन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने भएका हुन् ।

शुक्रबार मन्त्री नाडिया काल्भिनोले आफूले मुद्रा कोषको नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने बताएका छन् ।

यूरोपेली सरकारहरूले आइएमएफको नेतृत्वका लागि सहमतिमा उचित उम्मेदवार चयन गर्ने तयारीपछि स्पेन पछि हटेको हो । आइएमएफको नेतृत्वमा परम्परागतरूपमा यूरोपेली नेतालाई नै चयन गरिँदै आएको छ ।

स्पेन सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्पेनले आइएमएफको लागि सधैँ इयू सदस्य राष्ट्रबीच साझा उम्मेदवार चयन गर्न चाहने गरेको छ ।’

यस सन्दर्भमा यस पटक पनि स्पेन सरकार यूरोपेली सहमति निर्माण गर्न सहमत रहनेछ र स्पेनी अर्थमन्त्री काल्भिनोले अर्को चरणमा प्रतिस्पर्धा गर्नेछन् । उनले उम्मेदवारी फिर्ता लिने विज्ञप्तिमा उल्लेख छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here