उजुरीको अवस्थाबारे आयोगको जानकारी

काठमाडौँ, १४ साउन । राष्ट्रिय मानवअधिकार आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता भएका उजुरी र उजुरीउपर भएका प्रारम्भिक तथा विस्तृत छानबिनका अवस्थाबारे जानकारी लिएको छ ।

आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोलीले आज आयोगका सचिव ऋषिराज भण्डारी तथा कर्मचारीसँग उक्त सम्बन्धमा जानकारी लिएको हो ।

मानवअधिकार आयोगका सचिव तथा प्रवक्ता वेदप्रसाद भट्टराईका अनुसार आयोगमा उजुरी फाइलको व्यवस्थाउपर सुरक्षा अवस्थाको अवलोकन गरेको छ । छलफलका क्रममा दुवै आयोगबीच सङ्क्रमणकालीन न्यायको व्यवस्थापनमा एकापसमा समन्वय र सहकार्यबाट अगाडि बढ्ने विषयमा छलफल भयो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here