कोरोना महामारीको तेस्रो लहरले बालबालिका प्रभावित हुने

तारानाथ आचार्य बलेवा, २२ जेठ

धौलागिरि मा रहेको एक मात्र तेस्रो लहरसँग जुध्न पूर्वाधारको अभाव छ । अस्पतालमा बालबालिकाका लागि आवश्यक सघन उपचार कक्ष एनआइसियु र पिआइसियु छैन् । ‘‘बालबालिकाका लागि भनेर छुट्टै व्यवस्था केही पनि छैन । अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र बिक पोखरेलले का अनुसार शङ्कास्पद बिरामीको जाँच र उपचार वयस्कहरुको जस्तै गरेर गरिरहेका छौँ, फर्काएका छैनौँ ।’ बच्चाको लागि आवश्यक पूर्वाधारको तयारीमा लागेको उहाँले बताउनुभयो ।

एक महिनाभन्दा कम उमेरका बालबालिकाका लागि अन्य समयमा समेत आवश्यक पर्ने एनआइसियु स्थापनाका लागि पटक–पटक आग्रह गरिएको भएपनि अहिलेसम्म सङ्घीय र प्रदेश सरकारबाट सम्बोधन हुन नसकेको गुनासो उहाँले गर्नुभयोे । ‘‘२० प्रतिशत शैय्याको विषयमा हामी छलफलमै छौँ, तयारी केही भैसकेको छैन उहाँले भन्नुभयो ‘‘पूर्वतयारीमा लाग्ने निर्देशन छ सोही अनुसार काम हुन्छन् ।’’

अस्पतालमा दाताहरुले बालबालिका लागि आवश्यक सघन उपचार कक्षको स्थापनामा चासो देखाएको उहाँले बताउनुभयो । दाताको सहयोग लिएर व्यवस्थापनमा लाग्ने अस्पतालको तयारी छ । स्वास्थ्य कार्यालय बागलुङले भने सबै बर्थिङ सेन्टर, स्वास्थ्य संस्था र अस्थायी कोभिड अस्पताललाई दोस्रो र तेस्रो लहरका लागि तयार राख्ने प्रयास थालेको छ ।

‘‘बच्चा प्रभावित हुने भाइरसले बर्थिङ सेन्टरमा सबैभन्दा ठूलो प्रभाव राख्छ’’, कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले भन्नुभयो, ‘‘हामीले छलफल चलाउँछौँ र निर्देशनअनुसार तयारी हुन्छ ।’’ घिमिरेका अनुसार बालबालिकाको अक्सिजनको मात्र नाप्ने यन्त्र, मास्क, र अस्पतालहरुमा अनुगमन गर्ने विधिको अभाव छ । वयस्कहरुका लागि प्रयोग हुने स्रोत साधनले बालबालिकाका लागि नहुने कार्यालयको आँकलन छ । बागलुङमा निसीखोला, बरेङ, ताराखोला र काठेखोला गाउँपालिकामा अस्थायी कोभिड अस्पताल बनाइएको छ । ती अस्पतालहरुमा पनि बालबालिकाका लागि शैया भने छुट्टाएका छैनन् । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here