जीप दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते

पाल्पा,२४ असार
पाल्पाको रिब्दीकोट गाउँपालिका–३, देउराली नजिकै जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।मृत्यु हुनेमा पाल्पा रैनादेवी छहरा गाउँपालिका–५ की ७० वर्षीया भूमादेवी बुढाथोकी रहेकी छिन । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा बुढाथोकीको मृत्यु भएको हो ।घाइते १४ जनाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज बुटबलबाट तानसेन हुँदै सर्देवातर्फ गएको लुअब ४१९४ नं. को बलेरो जीप आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरी चौकी हार्थोकका प्रहरी नायब निरीक्षक नोखबहादुर थापाले बताउनुभयो ।जीप दुर्घटना भई सडकदेखि ३० मिटर तल खसेको छ । प्रहरीका अनुसार दुर्घटनाको प्रारम्भिक अनुसन्धान जारी छ । घाइतेमध्ये ६ जनाको अवस्थामा गम्भीर रहेको छ ।रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here