ज्येष्ठ नागरिकलाई सम्मान

गलकोट, १५ आसोज ।
अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मंगलबार नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।

बागलुङ नगरपालिकाले २९औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा २८ नागरिकलाई नगदसहित सम्मान गरेको छ । ज्येष्ठ नागरिकलाई वडा नं ७ का अध्यक्ष खगराज पाण्डेले सम्मान गर्दै प्रत्येक वडाका एक महिला तथा एक पुरुष गरी १४ महिला र १४ पुरुषलाई नगद रु पाँच हजार, दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिएका छन् ।

ज्येष्ठ नागरिकलाई हेला होइन, माया गरौँ भन्ने भावनाका साथ प्रत्येक वर्ष सम्मानको कार्यक्रम राखेको कुँवरले बताएका छन् । नगरपालिकाले यस वर्ष ज्येष्ठ नागरिक सम्मानका लागि रु दुई लाख विनियोजन गरेको छ । ज्येष्ठ नागरिक दिवसका अवसरमा नगरपालिकाबाट नगदसहित सम्मान पाउँदा निकै हर्षित भएको ज्येष्ठ नागरिक वडा नं २ का ९७ वर्षीय चन्द्रकुमार श्रेष्ठले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here