नयाँ वर्षदेखि अन्तर्राष्ट्रिय उडान भर्दै गौतमबुद्ध विमानस्थल

भैरहवा, २७ साउन । भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललले अर्काे वर्षदेखि उडान भर्ने भएको छ । ८० प्रतिशत काम पुरा गरिसकेको विमानस्थलले कहिले उडान भर्छ भन्ने सर्वसाधारणको चासो भने बढिरहेको छ ।

योसँगै सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’लाई पनि सफल बनाउने आधारको रुपमा यो विमानस्थललाई हेरिएको छ। त्यति मात्रै होइन, नेपालको ६ दशक भन्दा लामो हवाई इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेको हो ।

त्रिभुवन विमानस्थलमा वार्षिक ५ देखि ६ लाख हवाई यात्रु बढ्दै गएका छन् । उक्त विमानस्थलमा यात्रुको चाप बढ्दै गएपछि पनि पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चासोका साथ हेरिएको छ। विमानस्थलको निर्माण कार्य विगत पछिल्लो डेढ वर्षदेखि गति लिएको छ।

२०७४ फागुनसम्म दुई वर्षभन्दा बढी समयमा २७ प्रतिशत मात्रै काम भएको विमानस्थल निर्माणको काम अहिले १७ महिनाकै बीचमा ८० प्रतिशतभन्दा बढी सकिइसकेको छ। त्यसमा पनि विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने रन–वेदेखि ठूला पूर्वाधार निर्माणकार्य पूरा भइसकेको छ। अहिले विमानस्थलको पूर्वाधार निर्माण गरिरहेको कम्पनीले पनि अन्तिम चरणको (फिनिसिङ)को काम गरिरहेको छ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले समेत यो विमानस्थलको स्थलगत अनुगमन गरी आगामी डिसेम्बरभित्र निर्माण सक्ने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशनसमेत दिइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here