पहिरोले पुरिएर बालकको मृत्यु

काभ्रेपलाञ्चोक, १ असोज

अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकमा बुधबार बिहान पहिरो गएको छ । बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको छ ।

बालकको बुबा बाहिर निस्केको र आमा शौचालय गएको समयमा पहिरो खसेर पसल पुरिएको हो । घटनालगत्तै स्काभेटरको सहायताले स्थानीय तथा सुरक्षाकर्मीले पसलभित्र फसेका बालकको खोजी गरेका थिए । बिहान ७ बजेदेखि पहिरो पन्छाउँदा ११ बजे बालकको शव फेलापरेको वडाध्यक्ष सुन्दर लामाले जानकारी दिएका छन् ।

जैसिथोक स्थायी घर भएका तामाङको परिवार पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा एकतले कच्ची घरमा पसल सञ्चालन गर्दै आएको लामाले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here