पार्टीको र सरकारको विरोधलाई स्वभाविक लिनुपर्छ – नेता श्रेष्ठ

भरतपुर, १ असोज ।

सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले बताएका छन् । भरतपुरमा बुधबार सञ्चारकमीलाई देशमा विभिन्न प्रकारका विचार राख्ने मानिस भएकाले त्यसलाई सजिलो रुपमा लिनुपर्ने नेता श्रेष्ठले जानकारी दिएका छन् ।

हामीले ध्यान दिनुपर्ने कुरा ठीकै रहेछ भनेर लिने र बेठीक कुराहरु यो बेठीक हो भनेर जनतामा जानुपर्ने र सरकारको कामको गति पहिलेभन्दा झन बढ्ने चरणमा रहेको नेता श्रेष्ठले बताएका छन् ।

पार्टीका तर्फबाट सरकारको काम कारवाहीलाई निगरानी गरिएको पनि नेता श्रेष्ठले उल्लेख गरेका छन् । एकताले पूर्णता पाएको भन्दैे पार्टीका गतिविधि अब चलायमान हुने नेता श्रेष्ठले दाबी गरेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here