पूर्वसांसद कार्कीको निधन

पाल्पा, १२ माघ
नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गाैला रोगबाट पीडित सभापति कार्कीको आईतबार विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिनुभएको छ । सभापति कार्कीले मिर्गाैलाको डायलायसिस गराउँदै आउनुभएको थियो । पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मनुभएका सभापति कार्की विसं २०४८ मा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विसं २०५१ देखि २०५६ सम्म सभापति कार्कीले काँग्रेस पाल्पाको जिल्लासभापतिको जिम्मेवारी वहन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here