पोखरामा आँखादान कार्यक्रम

चिप्लेढुङ्गा, २६ कार्तिक

पोखरामा आँखादान कार्यक्रम गरिने भएको छ । मृत्युपछि आँखादान गर्ने गरी प्रतिबद्धता गरेर आँखादानको घोषणा गर्न सकिने आयोजक संस्था लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिनुभएको छ ।

बुधबार बिहान साइमन पार्टी प्यालेसमा उक्त आँखादान कार्यक्रम हुने र सोको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । दृष्टिविहीनलाई आँखादान गरेर संसार देखाउने अभियानलाई सफल बनाउन कार्यक्रमको आयोजना गरिएको पौडेलले बताउनुभयो ।

मृत्युपछि आँखादान गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ । अहिलेसम्म ५० जनाले आँखादानका लागि प्रतिबद्धता गरेका छन् । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा कार्यक्रम हुने सचिव तथा कार्यक्रम संयोजक विकास भुर्तेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here