पोखरा महोत्सव शुरु

kf]v/f dxf]T;j z'ef/De o'gfO6]8 Snaåf/f cd/l;+x rf}/df laxLaf/ cfof]hgf u/]sf] kf]v/f dxf]T;jsf] z'ef/De k/]jf p8fP/ ub}{ k"j{dGqL Pjd k|ltlglw;efsf ;f+;b vu/fh clwsf/L . tl:a/ xl/ af:tf]nf, kf]v/f, /f;;

पोखरा, २७ पुस युनाइटेड क्लबद्वारा आयोजित आठौँ संस्करणको ‘पोखरा महोत्सव’ आजदेखि पोखरास्थित अमरसिंह चौरमा शुरु भएको छ । महोत्सवबाट संकलित रकम चिडियाखाना निर्माणलगायत शिक्षा, स्वास्थ्य, खेलकुद, प्राकृतिक स्रोतको संरक्षण, सडकमा सौर्यबत्ती जडानका साथै पर्यटन प्रवद्र्धनमा जस्ता सामाजिक क्रियाकलापमा सहयोग गर्ने क्लबले जनाएको छ । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले आज महोत्सवको उद्घाटन गर्दै चिडियाखाना निर्माणमा राज्यको महत्वपूर्ण भूमिका रहनुपर्नेमा जोड दिनुभयो । सामुदायिक वनमा चिडियाखाना सञ्चालन गर्दा देखिने कानूनी अड्चनलाई संघ र प्रदेशसभाले सहज बनाउने बताउँदै उहाँले त्यसका लागि सम्बन्धित निकाय र विभिन्न सामाजिक संघसंस्थाबाट सुझावको अपेक्षा गरिएको धारणा व्यक्त गर्नुभयो । चिडियाखाना विज्ञ जुद्धबहादुर गुरुङले सरकारले प्रत्येक प्रदेशमा कम्तिमा एउटा चिडियाखाना निर्माण गरेर आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा जोड दिने अभियान शुरु गरिएको बताउनुभयो । पोखराको पर्यटकीय सम्भावनालाई दृष्टिगत गरी क्लबले पोखरा लेखनाथ महानगरपालिका वडा नं ३१ स्थित पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक वनलाई समेटेर खुल्ला चिडियाखाना निर्माणका साथै सेती नदी सरसफाइ अभियानमा जुट्दै आएको क्लबका पूर्वअध्यक्ष हिमालय बख्रेलले जानकारी दिनुभयो । हालसम्म क्लबको रु ३५ लाख ८५ हजार, वन मन्त्रालयको रु २० लाख र तत्कालीन लेखनाथ नगरपलिकाको रु १० लाख गरी कूल रु ६५ लाख ८५ हजार खर्च भई सकेको क्लबका अध्यक्ष शुकबहादुर गुरुङले बताउनुभयो । २३० वटा व्यापारिक कक्ष रहेको सो महोत्सवमा दर्शकका लागि हात्ती सफारीको समेत व्यवस्था गरिएको क्लबका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले जानकारी दिनुभयो । प्रदर्शनीमा खानाका विभिन्न परिकारसहित ‘फ्रि वाइफाई’का साथै राष्ट्रिय कलाकारका विभिन्न मनोरञ्जनात्मक प्रस्तुति अवलोकन गर्न पाइने छ । करिब दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सो महोत्सवबाट रु एक करोड १४ लाख आम्दानी र रु ७९ लाख खर्च भई रु ३५ लाख बचत गर्ने लक्ष्य रहेको क्लबका महासचिव राजु श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य राजीव पहारी, विन्दुकुमार थापा, मनबहादुर गुरुङ, रामजी बराल, दीपक कोइरालालगायतले सामाजिक सेवाका क्षेत्रमा क्लबले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here