प्रदेश समितिमा विधेयक पारित

खस्यौली, १५ साउन । अर्थ, उद्योग तथा पर्यटन समितिले आज प्रदेशको अभिलेख सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सर्वसम्मतिले पारित गरेको छ ।

विभिन्न बैठकमा दफावार छलफल गरेपछि पारित गरिएको समितिका सभापति दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार समितिले विधेयक पारित गरेपछि यसलाई प्रदेश सभाको बैठकमा पेश गरिनेछ ।

त्यस्तै प्रदेश मामिला तथा कानून समितिले कारागारको अनुगमन सम्बन्धमा निर्माण गरेकोे प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको समितिका अध्यक्ष दामा शर्माले जानकारी दिए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here