प्रधानमन्त्री ओलीको एपेन्डीसाइटिसको शल्यक्रिया

काठमाडौँ, १० मंसिर
प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डीसाइटिसको शल्यक्रियाँ गरिएको छ । पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र्पुयाइएका प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिसको शल्यक्रिया गरिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहानदेखि पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई अस्पताल ल्याइएको बताउनुभएको छ ।
रमेश सिंह, दिव्य सिंहलगायत चिकित्सक टोलीले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न गत आइतबार साँझ ग्रान्डी अस्पतालमा चौथोपटक हेमोडायलसिस गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here