बलात्कारका घटना दोब्बर बढ्यो

वीरेन्द्रनगर, ८ असार
पछिल्लो नौ महीनाको अवधिमा कर्णालीमा ११६ बलात्कारका घटना भएका छन् । यो गत आवको घटनाभन्दा करीब दोब्बर हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष ५९ यस्ता घटना भएका थिए । प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहकाअनुसार महिला हिंसाका घटनामध्ये अधिकांश घटना जबर्जस्ती करणीका छन् । उहाँका अनुसार आव २०७२÷७३ मा ६८ र २०७३÷७४ मा ६७ बलात्कारका घटना भएका थिए । यस आर्थिक वर्षको चैत सम्ममा मात्र ११६ बलात्कारका घटना भएको तथ्याङ्कमा उल्लेख छ । प्रहरी प्रमुख शाहले अधिकांश बलात्कारका घटनामा बालिका नै पीडित भएको बताउनुभयो ।बलात्कारसँगै बहुविवाह, बालविवाहका घटना पनि उल्लेख्य रहेकाले यसका लागि आर्थिक मामिला तथा कानून मन्त्रालयको शान्ति सुरक्षा अभियान अन्तर्गत महिला हिंसा र लागुऔषधको विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । जिल्लाका ७९ स्थानीय तहका सबै वडामा उक्त कार्यक्रम सञ्चालन गर्न प्रशिक्षकलाई तालीम दिइरहेको पनि प्रहरी प्रमुख शाहको भनाइ थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here