बालबालिकाका लागि लगानी बढाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ, १ माघ
राष्ट्रपति विद्यादेवी भण्डारीले भविष्यका जिम्मेवार नागरिक बालबालिकाका लागि लगानी बढाउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । माघे संक्रान्तिका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित ‘बालबालिकासँग राष्ट्रपति’ कार्यक्रममा राष्ट्रपति भण्डारीले शिक्षा र स्वास्थ्यका साथै असल नागरिक बनाउन तिनमाथि लगानी बढाउन र हेरचाहमा कुनै कमजोरी भए विशेष ध्यान दिन संसद् र सरकारले ध्यान दिने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आफू एकदिन भए पनि मकर संक्रान्तिका अवसरमा बालबालिकासँग रमाउन र उनीहरुलाई अभिभावकत्व दिन पाउँदा खुशी भएको बताउनुभएको छ । नेपाल बाल सङ्गठनका बालबालिकाले शीतल निवास परिसर र राष्ट्रपति निवास अवलोकनपछि आयोजित कार्यक्रममा विभिन्न गीत र नृत्यसमेत प्रस्तुत गरेका थिए । शीतल निवासमा बालबालिकालाई माघी पर्वमा खाइने मिष्ठान्न भोजन गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here