भारतमा एकै दिनमा कोरोनाभाइरसबाट तीन हजार सात सयको मृत्यु


नयाँ दिल्ली, ९ जेठ
भारतमा कोरोनाभाइरसबाट एकै दिन तीन हजार सात सयको मृत्य भएको छ । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२ जना नयाँ संक्रमित थपिएका हुन् ।
भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या दुइ करोड ६५ लाख ३० हजार १३२ रहेको छ जसमध्ये २८ लाख पाँच हजार ३९९ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् ।
भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको संख्या दुई लाख ९९ हजार २६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here