भ्रमण वर्षमा लिगलिगे दौडदेखि राष्ट्रसङ्घीय शान्ति गोष्ठिसम्म

काठमाडौँ, २० साउन । सरकारको स्न २०२० को भ्रमण वर्षलाई सफल तुल्याउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्तिस्थापना कार्यसम्वन्धी गोष्ठिसम्म आयोजना गर्ने भएको छ ।

रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५÷७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सेनाले विभिन्न कार्यक्रम सञ्चालनका लागि गृहकार्य गरिसकेको जानकारी दिए । सरकारले भ्रमण बर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गर्दै उक्त कार्यलाई सफल तुल्याउन विभिन्न कार्यक्रमका साथ प्रचार प्रसारलाई तीव्र तुल्याएको छ ।

प्रधानसेनापति थापाले भने , “नेपाली सेनाले पनि उक्त कार्यक्रमलाई सफल तुल्याउन केही कन्ट्रिव्यूट गर्नुपर्छ भनेर बहुराष्ट्रिय संयुक्त सैनिकबाट सगरमाथ आरोहण, जंगल सफारी र लामो पदयात्रा, उच्च तथा समथर भू–भागमा सहासिक खेल ट्राईथलन र म्याराथनजस्ता प्रतियोगिता सञ्चालन गरिने छ ।”

संयुक्त राष्ट्रसघीय शान्ति स्थापना कार्य सम्वन्धी सेमिनार, नेपालको गोरखाको ऐतिहासिक लिगलिगे दौड र प्याराग्लाइडिङजस्ता खेलकुदका माध्यमबाट नेपाल भ्रमणमा मित्रराष्ट्रका सेनालाई आकर्षण गरिने जनाउँदै प्रधानसेनापति थापाले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सेनाले सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here