वाइलमा स्वास्थ्य शिविर

डोटी, १२ माघ
नेपाली सेना, रुद्रध्वज गणले यहाँको केआइसिंह गाउँपालिका वाइलमा शनिबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ४१५ ले उपचार सेवा लिएका छन् । गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले स्वास्थ्यसेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई सहजरूपमा उपचार सेवा प्रदान गर्न शिविर सञ्चालन गरिएको जानकारी दिनुभएको छ । कान सुन्ने उपकरण , निःशुल्क औषधि वितरण, भिडियो एक्सरे, गर्भवती परीक्षण, स्त्रीरोग तथा दन्त परीक्षणसमेत गरिएको थियो । शिविरमा सबैभन्दा बढी कान, छाला, ढाड दुख्ने तथा रुघाखोकीका बिरामीको रहेको उपचारमा संलग्न प्राविधिक उपसेनानी डा यमुना थापाले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here