साथीलाई छुरा प्रहार

धरान, २८ असोज ।
धरानमा आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । चार दिनअघि छाताचोकस्थित राजु तुलाधरको किराना पसल नजिक ३० वर्षीय सविन भुजेललाई धरान–५ देउरालीका २५ वर्षीय विकास भुजेलले छुरा प्रहार गरेका थिए ।

उनीहरुबीच मोबाइल सेटको विषयमा विवाद हुँदा छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभएको छ । सविनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here