सिञ्जा राजमार्गका लागि रु ३० करोड

जुम्ला, २२ साउन । जुम्ला प्रदेशसभा (ख) का सदस्य पदमबहादुर रोकायाले नाग्म गमगडी (सिञ्जा) राजमार्गका लागि प्रदेश सरकारले रु ३० करोड विनियोजन गरिएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सिञ्जा, कनकासुनदरी, हिमा र तिला गाउँपालिकाका लागि प्रदेश सरकारको ८५ वटा योजना रहेको जानकारी दिए ।

यो निर्वाचन क्षेत्रमा सिञ्जामा खस सङ्ग्रहालय, पाण्डव गुफा, केदारनाथ मन्दिर रहेको उल्लेख गर्दै सांसद रोकायाले नेपाली खस सभ्यताको उद्गमस्थल सिञ्जामा खस सम्मेलनसमेत हुने जानकारी दिए । सडक, पर्यटन, कृषि, सिँचाइ, तटबन्ध, विद्यालय, हेलिप्याड निर्माणलगायतका योजना र भइरहेका कामको बारेमा पनि उनले जानकारी दिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here